एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन् ।
जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका– ५ स्कूलचौरको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरूसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए ।
वडाका पदाधिकारी तथा सदस्यहरूले मतदाताको मुड, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।ओलीले कार्यकर्ताको गुनासो, पार्टीको नीति, देशको आवश्यकता र झापा– ५ का लागि आफूले गरेका योगदान आदिका बारेमा कार्यकर्तालाई जानकारी गराउने छन् ।
अध्यक्ष ओलीले आजै भदौ २४ गते जेनजीका नाममा आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त आन्दोलनमा गौरादह नगरपालिका, नगरपालिका १, २ र ७ नम्बर वडा कार्यालय, मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी, उपमेयर जलवर्षा राजवंशी लगायतको घरमा आगजनी गरिएको भएको थियो ।
अध्यक्ष ओलीले मङ्गलबार र बुधबार दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरुसँग अलग अलग छलफल गरेका थिए । यस पटक हरेक वडा कमिटीहरूले अलग अलग अध्यक्षसँग भेट गर्ने व्यवस्था मिलाइएको छ ।
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया