बिहीबार, वैशाख १०, २०८३

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

मेरोन्यूज २०८२ माघ ८ गते २१:२५

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्ने भएको छ ।

Advertisement
NiccNicc

उज्यालो नेपालले पुनको उम्मेदवारीलाई सघाउने औपचारिक निर्णय गरेको पार्टीका महासचिव धर्म चौधरीले जानकारी दिए ।उनका अनुसार म्याग्दी निर्वाचन क्षेत्रमा उज्यालो नेपालले कुनै पनि उम्मेदवार उठाएको छैन, त्यसैले उम्मेदवारी फिर्ता गर्ने विषय नै नआएको स्पष्ट पारे।

चौधरीले पार्टीप्रति आस्था राख्ने तथा उज्यालो नेपालमा आबद्ध कार्यकर्ता र समर्थकहरूलाई महावीर पुनले पाउने स्वतन्त्र उम्मेदवारको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया