पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मृतक सङ्ख्या ६७ पुग्यो

पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजा मलमा भएको भीषण आगलागीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ । स्थानीय सरकारका एक नाम नखुलाइएको प्रवक्ताले शुक्रबार उक्त जानकारी दिएका हुन् ।
जनवरी १७ मा तीन तले उक्त मलमा आगलागी भएको थियो। । घटनाको छ दिन बितिसक्दा पनि आगलागीको वास्तविक कारणबारे अनुसन्धानकर्ताले औपचारिक रूपमा केही खुलाएका छैनन् ।
प्रवक्ताका अनुसार हालसम्म ६७ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने डीएनए परीक्षण प्रक्रिया अझै जारी छ । डीएनए विश्लेषणमार्फत आठ जनाको पहिचान पुष्टि भइसकेको बताइएको छ ।
उद्धार र शव पहिचानको कार्य सुस्त गतिमा अघि बढेको भन्दै पीडित परिवारहरूले असन्तोष व्यक्त गरेका छन् । आफ्ना बेपत्ता आफन्तको खोजीमा ५० भन्दा बढी परिवारले डीएनए नमुना दिएका छन् ।
प्रान्तीय सरकारले मृतक प्रत्येक परिवारलाई एक करोड पाकिस्तानी रुपैयाँ( करिब ३५ हजार ७२० अमेरिकी डलर) क्षतिपूर्ति दिने घोषणा गरेको छ । साथै, मलभित्र रहेका करिब एक हजार २०० पसलेलाई पनि क्षतिपूर्ति प्रदान गरिने बताइएको छ ।
कराँचीका बजार र कारखानामा कमजोर पूर्वाधारका कारण आगलागीका घटना सामान्य भए पनि यति ठूलो स्तरको आगलागी दुर्लभ मानिन्छ । प्रान्तीय सरकारले मल र बजारहरूमा अग्नि सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न पहल गरिरहेको जनाएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया