पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको प्रहरी मुठभेडमा सशस्त्र डकैती गिरोहका ६ सदस्यको मृत्यु भएको छ। उक्त घटना बिहीबार प्रान्तीय राजधानी कराँचीको पाक कोलोनी
क्षेत्रमा भएको हो।
प्रहरीका अनुसार नौ सदस्यीय आपराधिक गिरोह लुकेको सूचना पाएपछि सुरक्षाकर्मीहरूले उक्त क्षेत्रमा छापा मारेका थिए। छापाका क्रममा गिरोहका सदस्यहरूले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएपछि दुवै पक्षबीच भीषण गोली हानाहान भएको थियो। मुठभेडको क्रममा ६ जना संदिग्ध घटनास्थलमै मारिएका हुन्।
घटनापछि प्रहरीले घटनास्थलबाट ६ थान पिस्तोल, गोली–बारुद, एक थान राइफल तथा दुईवटा मोटरसाइकल बरामद गरेको छ। प्रहरीका अनुसार बरामद गरिएका हतियारहरू विभिन्न आपराधिक गतिविधिमा प्रयोग गरिएको आशंका गरिएको छ।
प्रहरीले उक्त गिरोह विभिन्न डकैती तथा सडक अपराधमा लामो समयदेखि संलग्न रहेको जनाएको छ। साथै, उनीहरू मंगलबार घरभित्र डकैती गर्ने क्रममा तीन दाजुभाइको हत्या गरिएको घटनामा पनि संलग्न रहेको आशंका गरिएको छ।
गिरोहका दुई सदस्यलाई यसअघि नै पक्राउ गरिएको र बाँकी फरार अभियुक्तहरूको खोजी तथा अनुसन्धान कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीहरूले कराँचीका अन्य संवेदनशील क्षेत्रमा पनि निगरानी बढाएका छन्।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया