सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
मेरोन्यूज
२०८२ माघ ९ गते १९:३५

काठमाडाैं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार लाजिम्पाटस्थित होटेलले हिमालय तथा साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर तथा बागलुङ स्थित इला कम्फर्ट, मौलाकाली स्थित इला रिसोर्टस्, मौलाकाली केबल कार, लुम्बिनी केबल कार र पोखरास्थित द लेक रिट्रिटमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् ।
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया