इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् । भारी वर्षाले उत्पन्न भएको पहिरो शनिबार विहान २ः३० बजे पश्चिम बाण्डु्ग जिल्लामा परेको थियो, जसले धेरै घरमा क्षति पु¥याएको छ । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) का प्रवक्ताले भने,“शनिबार विहान पश्चिम जाभा प्रान्तको पश्चिम बाण्डुंग जिल्लामा पहिरो गएको छ, जसमा सात जनाको मृत्यु भएको छ ।
शनिबार बिहान १०ः३० बजेसम्म दर्जनौं बासिन्दा सुरक्षित फेला परेका छन्, तर ८३ जनाको खोजी अझै जारी छ ।” इन्डोनेसियामा वर्षायाम (अक्टोबरदेखि मार्चसम्म) मा बाढी र पहिरो सामान्य समस्या हुन् । गत वर्षको अन्त्यतिर दक्षिण र दक्षिणपूर्वी एसियामा आएको उष्णकटिबंधीय आँधी र तीव्र मनसुन वर्षाले इन्डोनेसियाको सुमात्रा र श्रील्काका पहाडी क्षेत्रमा घातक बाढी र पहिरो ल्याएको थियो।
सुमात्रा बाढीमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने दुई लाख ४० हजार भन्दा बढी विस्थापित भएका थिए । वातावरणीय विज्ञ र विज्ञहरूले वनक्षयले बाढी र पहिरो बढाउन भूमिका खेलेको बताएका छन्, जसले गाउँमा माटोको बहाव ल्यायो ।
यसै कारण सरकारले यस हप्तामा सुमात्रामा रहेका बन, खानी र जलविद्युत कम्पनीहरूको २४ भन्दा बढी अनुमति रद्द गरेको छ । यसैबीच, यस महिनामा इन्डोनेसियाको सियाउ टापुमा आएको भारी वर्षाले छिटो बाढी ल्याएको थियो, जसमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया