जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत फेला
मेरोन्यूज
२०८२ माघ ११ गते १०:४८

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत भेटिएका छन् । घोराही उपमहानगरपालिका-२ रामपुर निवासी हरी जिसी मृत फेला परेका हुन् ।
यही माघ ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनसम्म बेपत्ता भएका थिए । उनको स्कुटी बाटोमा भेटिएको थियो । खोजी गर्दा घोराही उपमहानगरपालिका-१८ घरडौराको जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार उनका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको थियो । बिदा माग्दा नपाएपछि उनी तनावमा थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी दीपक श्रेष्ठले पोस्टमार्टम पूरा भइसकेको र मोबाइलको लक खुल्नेबित्तिकै मात्रै मृत्युको कारण खुल्ने बताए ।
सम्बन्धित
















तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
NA Election: Voting to take place across all seven provinces today
आज पनि सुनचाँदीको मूल्यमा कीर्तिमान, कतिमा हुँदैछ काराेेबार ?
HoR elections 39 days to go: Candidates’ personal details made public
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया