महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा

कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बंगलादेशले जित हासिल गरेसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा बंगलादेशले लगातार तीन जित हासिल गरेसँगै सुपर सिक्समा प्रवेश गरेको हो ।
आज सम्पन्न तेस्रो खेलमा बङ्गलादेशले नामिबियालाई ८० रनले पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि बंगलादेशले अमेरिका र पपुवान्युगिनीलाई हराएको थियो । यो जितसँगै बङ्गलादेश छ अंकका साथ ‘ए’ समूहको शीर्ष स्थानमा छ ।
खेलको सुरुमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रन बनाएको थियो । बङ्गलादेशका लागि शोभना मोस्तरीले सर्वाधिक २७ र दिलेरा अख्तरले २५ रन जोडेका छन् ।
नामिबियाको बलिङमा साइमा टुहादेलेनी र सिल्भिया सिहेपोले समान दुई/दुई विकेट लिए भने विल्का म्वाटिले र जुरियन यायरगार्डट्ले एक÷एक विकेट लिएका छन् । जवाफी ब्याटिङमा नामिबियाले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो ।
नामिबियाका लागि सुने विटमानले सर्वाधिक १९ र मेजरली इगोरासेसले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । बंगलादेशकी शोर्ना अख्तरले चार र रबेया खान तथा फहिमा खातुनले समान तीन/तीन विकेट लिएका छन् ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया