अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु

मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले मङ्गलबार जनाएको छ ।
मृतक मध्ये अधिकाशंले रक्सी पिएको एनपिएले विज्ञप्ति मार्फत जनाएको छ ।
चिसोको उच्च जोखिमको समयमा हाइपोथर्मियाको कारण मृत्यु हुनुको मुख्य कारक रक्सीको सेवन भएको एनपिएले जनाएको छ ।
जनवरीको मध्यदेखि, रूसको साइबेरियामा उत्पत्ति भएको चिसो हावा मङ्गोलियाको ठुलो भागहरूमा फैलिए पछि मङ्गोलियाको तापक्रममा गिरावट आएको जनाइएको छ ।
जनवरी–२१ मा, देशको मौसम विज्ञान विभागका अनुसार उत्तरी मङ्गोलियन प्रान्त सेलेन्जको प्रशासनिक उपविभाग एरु सोममा रातको तापक्रम माइनस ४५.२ डिग्री सेल्सियसमा झरेको जनाइएको छ ।
मङ्गोलियामा चिसो तथा जाडो लामो समयसम्म रहने र तापक्रम माइनस २५ डिग्री सेल्सियस र माइनस ४५ डिग्री सेल्सियसको बीचमा हुने जनाइएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया