बुधबार, माघ १४, २०८२

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर

मेरोन्यूज २०८२ माघ १४ गते १०:१८

काठमाडौँ । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटनामा परेको छ । बारामतीमा विनमा दुर्घटनाग्रस्त हुँदा उनी घाइते भएका छन् । आज बिहान ८ः४५ बजे मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणक्रममा दुर्घटना भएको हो ।

पवारका सहयोगीका अनुसार बारामती विमानस्थल नजिकै भएको दुर्घटनामा उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएका छन्। उनी जिल्ला परिषद् चुनावका सन्दर्भमा आयोजित जनसभालाई सम्बोधन गर्न त्यहाँ प्रस्थान गरेका थिए । विमानमा उनीसँगै केही सुरक्षाकर्मी र उच्च अधिकारी रहेको बताइएको छ ।

न्यूज एजेन्सी एएनआईका अनुसार विमान दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया