इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता

इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीहरूले बुधबार जनाएका छन् ।
भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौं घरहरू गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौं विस्थापित भएको जनाइएको छ ।
मङ्गलबार साँझ ७ः३० बजे सम्म, ३४ जना पीडितको पहिचान गरिएको राष्ट्रिय प्रकोप शमन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले पुष्टि गरेका छन् ।
“पहिचान गरिएका शवहरू दाहसंस्कारका लागि पीडितका परिवारलाई छिटै हस्तान्तरण गरिने उन्लेबताएका छन् ।
यस अघि बेपत्ता व्यक्तिहरूको सङ्ख्या ३२ पुगेको जनाइएकोमा संशोधन गरिएको जनाउदै स्थानीय अधिकारीहरूले वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने सङ्केत गरेका छन् ।
उद्धारकर्ताहरूले जाभा टापुको पश्चिम बान्दुङ क्षेत्रको अस्थिर क्षेत्रमा भारी उपकरणहरू प्रयोग गरेर खोजी गरिरहेको जनाइएको छ ।
यद्देपी खराब मौसमका कारण अर्को पहिरोको डरले तिनीहरू सावधानीपूर्वक काम गरिरहेको जनाइएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार यस प्रकोपले ५० भन्दा बढी घरहरूलाई गम्भीर क्षति पुर्याएको छ भने ६५० भन्दा बढी मानिस विस्थापित भएका छन् ।
पश्चिम जाभाका गभर्नर डेडी मुल्यादीले प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गत वर्षको अन्त्यमा सुमात्रा टापुमा गएको बाढी र पहिरोमा वनको क्षति हुदाँ करिब एक हजार २०० मानिसहरुको मृत्यु हुनुका साथै दुई लाख ४० हजार भन्दा बढी विस्थापित भएको सरकारले जनाएको छ ।
यस्ता प्रकोपहरू वर्षाको मौसममा विशाल इन्डोनेसियाली द्वीपसमूहमा सामान्यतया अक्टोबरदेखि मार्चसम्म बारम्बार चलिरहने बताइएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया