कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्न/गराउन निर्देशन जारी गरेको छ ।
कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीपङ्क्तिलाई व्यवस्थित रूपले परिचालित गर्न आवश्यक समिति गठनका लागि आज सबै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पत्राचार गरिएको पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेस उपसभापति एवं संयोजक तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचारप्रसार मूल समिति र १८ देखि ३० वर्ष मुनिका युवालाई सहभागी बनाउने विशेष अभियान सञ्चालन गर्ने उद्देश्यसहित समिति गठन गर्न निर्देशन दिएको छ ।
उनले स्थानीय तह समन्वय, वौद्धिक क्षेत्र समन्वय, धार्मिक सङ्घसंस्था समन्वय, निजी क्षेत्र समन्वय, पूर्वआप्रवासी समन्वय, स्थानीय प्रशासन समन्वय र अनुगमन समिति गठन गरी केन्द्रीय कार्यालयमा विवरण पठाउन आग्रह गरेका हुन् ।














कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया