संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्याे चुनावी घोषणापत्र

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
बुधवार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगायतका विषयलाई समावेश गरिएकाे छ ।
पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीलेसंघीयताको खारेजी गरी गणतन्त्र र राष्ट्रियतामाथि आएको संकटकाविरुद्ध सबैजना एकजुट हुनुपर्ने समय आएको बताए ।
उनले यसअघिको सरकारमा, सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसदलाई विघटन गरेर एनजिओ आइएनजीओका मान्छे सरकारमा राखेर चुनाव गराउन खोजिएको आरोप लगाए । समयमा नै चुनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरू चुनाव हुने भए पनि आफ्नो फाइदा हेरेर राजीनामा दिँदै चुनावमा होमिएको उनले बताए ।
घोषणापत्रमा प्रवासी नेपालीलाई मताधिकार, विदेशी ऋणको दुष्चक्रबाट मुक्ति अन्तर निर्वाचन क्षेत्रबाट मताधिकारको व्यवस्था, दुर्गम गाउँमा सुपथ मूल्य पसल, पहाडबाट बसाइसराइ न्यूनीकरण, द्वन्द्व पीडितलाई न्याय र राहत, बौद्धिक पलायन रोक्ने प्रतिबद्वता गरिएकाे छ ।
त्यस्तै जेष्ठ नागरिकको स्वास्थ्यको पूर्ण जिम्मा, मजदुरहरूको हकहित र रोजगारीको व्यवस्था, खाद्य सुरक्षा, कारागारको अवस्थामा सुधार, एकीकृत नमुना बस्ती, ग्रामीण विकास मानव अधिकारको पूर्ण पालना, खेलकुद‚ शिक्षा र सामाजिक सुरक्षाको नीति अपनाइने घोषणापत्रमा उल्लेख छ ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया