दक्षिणी अफ्रिकामा अतिवर्षा र बाढीको असर भयानक

मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनले दक्षिणी अफ्रिकामा हालै आएको अत्यधिक वर्षा र बाढीलाई अझ गम्भीर बनाएको एक अध्ययनले देखाएको छ । यस प्राकृतिक विपत्तिका कारण १०० भन्दा बढी मानिसको ज्यान गएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।
वर्ल्ड वेदर एट्रिब्युसनले गरेको अध्ययनअनुसार दक्षिण अफ्रिका, मोजाम्बिक र जिम्बाब्वेका केही भागमा केवल १० दिनभित्र एक वर्ष बराबरको वर्षा भएको थियो । यसले घर, सडक, पुल र अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याउँदै गहिरो मानवीय पीडा निम्त्याएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
मोजाम्बिकमा धेरै घर तथा भवन पूर्ण रूपमा डुबानमा परेका थिए भने दक्षिण अफ्रिकाका लिम्पोपो र म्पुमालाङ्गा प्रान्त तथा जिम्बाब्वेका केही क्षेत्रमा सडक र पुलहरू बगाएका थिए ।
वैज्ञानिकहरूका अनुसार यो दुर्लभ घटना करिब ५० वर्षमा एकपटक मात्र देखिने खालको हो । हालको ला निना मौसम प्रणालीले प्राकृतिक रूपमा ओसिलो अवस्था सिर्जना गरे पनि अत्यधिक तातो वातावरणका कारण यसको असर अझ तीव्र बनेको अध्ययनले जनाएको छ ।
रोयल नेदरल्यान्ड्स मौसम विज्ञान संस्थानका वरिष्ठ जलवायु अनुसन्धानकर्ता इजिदिन पिन्टोले जीवाश्म इन्धनको निरन्तर प्रयोगले चरम वर्षाको तीव्रता बढाएको र यसले बाढीलाई समुदायले सामना गर्न नसक्ने स्तरसम्म पु¥याएको बताए । उनका अनुसार वर्षाको तीव्रतामा देखिएको करिब ४० प्रतिशत वृद्धि मानव–कारण जलवायु परिवर्तनबिना सम्भव देखिँदैन ।
वैज्ञानिकहरूले दक्षिणी अफ्रिका यसअघि पनि बाढीप्रति संवेदनशील रहे पनि यसपटकको घटनाको परिमाण अपेक्षाभन्दा धेरै भएको बताएका छन् । मोजाम्बिक मौसम सेवाका अनुसन्धानकर्ता बर्नार्डिनो नान्टुम्बोले केही स्थानमा दुई–तीन दिनमै वर्षायामभरि पर्ने वर्षा भएको उल्लेख गरे ।
शोधकर्ताहरूले अफ्रिकामा केन्द्रित जलवायु मोडेल विकास गर्न पनि आह्वान गरेका छन् । इम्पेरियल कलेज लन्डनका जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोका अनुसार अफ्रिकामै विकसित मोडेलको अभावले यस्ता घटनामा जलवायु परिवर्तनको वास्तविक प्रभाव मापन गर्न कठिनाइ भइरहेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया