राप्ती प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १९ र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रतिष्ठानको सीटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा बिहीबार आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेकाे हाे ।
तोकिएको मापदण्डभन्दा कमसल किसिमको मेसिन खरिद गरेर सात करोड ३१ लाख ८२ हजार ९८५ रुपैयाँ हानिनोक्सानी गरेको अख्यितारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
तत्कालीन उपकुलपति भण्डारीसँगै १९ जना र मेसिन आपूर्तिकर्ता हिमालयन मेडिकेट प्रालिबाट सोही बराबरको विगो असुल उपर गर्न अख्तियारले दाबी गरेको छ।
अख्तियारले पूर्वउपकुलपति भण्डारीसँगै प्रतिष्ठानका तत्कालीन कायममुकायम रजिस्ट्रार तथा डेपुटी फाइनान्स म्यानेजर कैलाशप्रसाददेव, तत्कालीन निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बीसी, तत्कालीन बायोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आषुतोश भण्डारीविरुद्ध मुद्दा दायर गरेको छ।
त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, राप्ती प्रतिष्ठानका तत्कालीन शाखा अधिकृत झन्कार लामिछाने, लिलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, तत्कालीन लेक्चरर डा. श्रीसिया पोख्रेल, तत्कालीन आईटी अफिसर हिरालला भण्डारी, तत्कालीन लेखा अधिकृत राजीव बस्नेत, तत्कालीन फिजियोथेरापिस्ट पूजा ठाकुर, तत्कालीन कम्युटर असिस्टेन्ट सतिशबहादुर शाही, तत्कालीन फामेसी सुपरभाइजर कृष्णप्रसाद जोशी र तत्कालीन स्टाफ नर्स विन्दु पौडेललाई पनि विपक्षी बनाइएको छ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया