शुक्रबार, माघ १६, २०८२

दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो

मेरोन्यूज २०८२ माघ १६ गते ९:११

मुग्लिन-नारायणघाट सडक खण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन्।

दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस शुक्रबार बिहान अन्दाजी ३:१० बजे चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेस्थित नारायणघाट-मुग्लिन सडक खण्डमा दुर्घटना भएको हो।

‍ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर अनील थापाका अनुसार बस आफै अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

घाइतेमध्ये २ जना उपचार पश्चात डिस्चार्ज भइसकेको पनि उनले जानकारी दिए।

बाँकी घाइतेहरूमध्ये मौलाकालिका अस्पतालमा १५ जना,  पुरानो मेडिकल कलेजमा १७ जना, नयाँ मेडिकल कलेजमा ५ जना र अरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाग्रस्त बस सडकबाट उठाएर अस्थायी प्रहरी चौकीमा ल्याइएको र सडक अवरूद्ध नरहेको

प्रतिक्रिया