मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम

युक्रेनका राष्ट्रपति भोलोदीमिर झेलन्स्कीले आफ्ना शहरमाथि आक्रमण रोकिएको देखिने आशा व्यक्त गरेका छन । उनले यो आशा संयुक्त अरब इमिरेट्समा अमेरिकी र रुसी प्रतिनिधिहरूबीच भएको वार्ता र समझदारी अनुसार लागू हुने विश्वासमा आधारित रहेको बताए । राष्ट्रपति झेलन्स्कीले उक्त कदमले युद्धको क्रममा तनाव घटाउने र वास्तविक प्रगति ल्याउने दिशामा मद्दत पु¥याउने बताएका छन् ।
उक्त आशा सार्वजनिक गर्दै झेलन्स्कीले नागरिक सुरक्षा र मानव जीवनको महत्वलाई जोड दिए । उनले यस प्रकारको समझदारीले युद्धको हिंसा र विनाश कम गर्ने, साथै सामान्य जनताको जीवनमा सहजता ल्याउने अपेक्षा व्यक्त गरे ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युक्रेनको राजधानी किएभ र अन्य शहरहरूमा आक्रमण रोक्नका लागि अनुरोध र सुझाव दिएका थिए । उनका अनुसार यो कदमले मानवीय कठिनाइ कम गर्ने उद्देश्य राखेको थियो । युक्रेनको यो पहलले अन्तर्राष्ट्रिय स्तरमा पनि सकारात्मक सङ्केत दिएको छ, जसले आगामी कूटनीतिक वार्ता र तनाव घटाउने प्रयासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
यो घटनाक्रमले युक्रेन र विश्व समुदायबीच युद्धको समाधान खोज्ने प्रक्रिया अझ गहिरो र संवेदनशील भएको सङ्केत दिन्छ । विशेषज्ञहरूले यस्ता कदमहरूले शहरी क्षेत्रको सुरक्षा, जनजीवन र युद्धको मानविय असर कम गर्न सहयोग पु¥याउने सम्भावना राख्ने भनेका छन् ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया