मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम

युक्रेनका राष्ट्रपति भोलोदीमिर झेलन्स्कीले आफ्ना शहरमाथि आक्रमण रोकिएको देखिने आशा व्यक्त गरेका छन । उनले यो आशा संयुक्त अरब इमिरेट्समा अमेरिकी र रुसी प्रतिनिधिहरूबीच भएको वार्ता र समझदारी अनुसार लागू हुने विश्वासमा आधारित रहेको बताए । राष्ट्रपति झेलन्स्कीले उक्त कदमले युद्धको क्रममा तनाव घटाउने र वास्तविक प्रगति ल्याउने दिशामा मद्दत पु¥याउने बताएका छन् ।
उक्त आशा सार्वजनिक गर्दै झेलन्स्कीले नागरिक सुरक्षा र मानव जीवनको महत्वलाई जोड दिए । उनले यस प्रकारको समझदारीले युद्धको हिंसा र विनाश कम गर्ने, साथै सामान्य जनताको जीवनमा सहजता ल्याउने अपेक्षा व्यक्त गरे ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युक्रेनको राजधानी किएभ र अन्य शहरहरूमा आक्रमण रोक्नका लागि अनुरोध र सुझाव दिएका थिए । उनका अनुसार यो कदमले मानवीय कठिनाइ कम गर्ने उद्देश्य राखेको थियो । युक्रेनको यो पहलले अन्तर्राष्ट्रिय स्तरमा पनि सकारात्मक सङ्केत दिएको छ, जसले आगामी कूटनीतिक वार्ता र तनाव घटाउने प्रयासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
यो घटनाक्रमले युक्रेन र विश्व समुदायबीच युद्धको समाधान खोज्ने प्रक्रिया अझ गहिरो र संवेदनशील भएको सङ्केत दिन्छ । विशेषज्ञहरूले यस्ता कदमहरूले शहरी क्षेत्रको सुरक्षा, जनजीवन र युद्धको मानविय असर कम गर्न सहयोग पु¥याउने सम्भावना राख्ने भनेका छन् ।
















राजनीतिलाई नयाँ र पुराना दलका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया