संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताहरूसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संवाद भइरहेको दाबी गर्दै भविष्यमा पनि यस्तो वार्ता जारी रहने बताएका छन । चिनियाँ समाचार संस्था शिन्ह्वाका अनुसार ट्रम्पले संवाद कुन स्तरमा र कससँग भएको हो भन्ने स्पष्ट विवरण नदिए पनि अमेरिकाले इरानलाई आफ्नो परमाणु कार्यक्रम तत्काल रोक्न र देशभित्र भइरहेका विरोध प्रदर्शनका क्रममा हिंसा नियन्त्रण गर्न कडा सन्देश दिएको उल्लेख गरे ।
यसै सन्दर्भमा अमेरिकाले इरानमाथि दबाब बढाउने रणनीतिअन्तर्गत ‘अब्राहम लिङ्कन’ विमानवाहक पोत समूह तैनाथ गरेको जानकारी दिँदै ट्रम्पले सैन्य उपस्थिति कूटनीतिक चेतावनीको रूपमा रहेको सङ्केत गरे ।
ट्रम्पले अमेरिका र इरान दुवै समयको दबाबमा रहेको उल्लेख गर्दै वार्ता सफल नहुँदा क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने चेतावनी दिएका छन । यो घटनाक्रमले अमेरिका–इरान सम्बन्ध पुनः तनावपूर्ण मोडतर्फ उन्मुख भएको सङ्केत दिएको छ र यसले मध्यपूर्वको राजनीतिक तथा सुरक्षा सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया