जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे

जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ । सन् २०२५ मा आत्महत्याका घटना लगातार दोस्रो वर्ष उच्च सङ्ख्यामा भएको स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ ।
सन् २०२५ मा उच्च माध्यमिक विद्यालयका ३५२ विद्यार्थीले आत्महत्या गरेका थिए भने निम्न माध्यमिक विद्यालयका १७० जना र प्राथमिक विद्यालयका १० विद्यार्थीहरूले आत्महत्या गरेका थिए। रिपोर्टका अनुसार १९ वर्ष र सोभन्दा कम उमेरका व्यक्तिहरूमा आत्महत्याको लागि स्कूलसँग सम्बन्धित मुद्दाहरू सबैभन्दा सामान्य कारक थिए भने स्वास्थ्य र पारिवारिक समस्याहरू थिए ।
आत्महत्या गर्ने केटीको सङ्ख्या २७७ भएको पाइएको छ । यो एक वर्ष अघिको तुलनामा १३ जना कम हो । गत हप्ता आत्महत्या गर्ने विद्यार्थीमा २५५ जना केटा थिए भने योृ अघिल्लो बर्षको तुलनामा १६ जनाले कमी हो । जापानमा सन् २०२२ यता बालबालिकामा आत्महत्या गर्ने दर वार्षिक ५०० भन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया