रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य कारबाही आफुले नचाहेको बताएपछि प्रतिक्रियामा इरानको क्षेप्यास्त्र र प्रतिरक्षा क्षमता कहिल्यै पनि वार्ताको बिषय बन्न नसक्ने इरानी अधिकारीले बताएका छन् ।
ट्रम्पले हालैका प्रदर्शनमा घातक दमनको लागि हस्तक्षेप गर्ने चेतावनी दिएदेखि र मध्यपूर्वमा नौसैनिक युद्धक जहाज पठाइएको बताएपछि तेहरान र वाशिङ्गटनबीच एक आपसमा आरोप प्रत्यारोप गर्ने क्रम जारी छ । अमेरिकी राष्ट्रपतिले बिहीबार राति तनावलाई केही मथ्थर पार्ने प्रयासमा अमेरिका सैन्य कारवाही नचाहेको र इरानसँग वार्ता गर्ने तयारीमा रहेको बताएका थिए ।
उनले तेहरानलाई आफ्नो परमाणु कार्यक्रममा सम्झौताको लागि दबाब दिएका थिए। अमेरिका लगायतका पश्चिमाहरूले इरानले परमाणु बम बनाउने लक्ष्य लिएको विश्वाससहित उसलाई यो लक्ष्यतर्फ जान नदिन दवाव दिँदै आएका छन् । इरानका विदेश मन्त्री अब्बास अराघचीले टर्की भ्रमणका क्रममा भने, “यदि आपसी हित र सम्मानका आधारमा समान स्तरमा वार्ता भयो भने तेहरान वार्ता सुरु गर्न तयार छ।” उनले थपे, “म दृढताका साथ भन्न चाहन्छु कि इरानको रक्षात्मक र क्षेप्यास्त्र क्षमता कहिल्यै पनि वार्ताको विषय हुनेछैन।”
एक्सिओस समाचार साइटले सोमबार रिपोर्ट गरेको छ, “अमेरिकी अधिकारीहरूले तेहरानसँग कुनै पनि सम्झौतामा लामो दूरीका मिसाइलहरूको भण्डारमा सीमा समावेश गर्नुपर्ने साथै देशबाट संवर्धित युरेनियम हटाउने र स्वतन्त्र संवर्धनमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।”
अङ्कारास्थित ‘सेन्टर फर इरानी स्टडिज (आईआरएएम)’ का निर्देशक सेरहन अफाकानले एएफपीसँग भने, “अन्य मुद्दाहरूसँग आणविक बिषयमा अब सम्झौता गर्न प्रयास गर्नु ‘असम्भव’ हुनेछ।” “अहिलेका लागि, ब्यालेस्टिक मिसाइल कार्यक्रम एक रातो रेखा बनेको छ, किनकि यो इरानको रक्षा योजनाको केन्द्रमा छ,” उनले भने । ‘तनाव घटाउने’ टर्कीका विदेशमन्त्री हाकान फिदानले इरानको पारमाणविक कार्यक्रमबारे वासिङ्टनसँग वार्ता पुनः सुरु गर्नु क्षेत्रीय तनाव कम गर्न महत्वपूर्ण भएको बताए ।
इस्तानबुलमा अराघचीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले ‘इजरायलले अमेरिकालाई इरानमाथि आक्रमण गर्न दबाब दिइरहेको छ, र वाशिङ्गटनलाई ‘सामान्य ज्ञानका साथ काम गर्न र यस्तो हुन नदिन’ आग्रह गरे । इरानले डिसेम्बरको अन्त्यमा आर्थिक गुनासोलाई लिएर सुरु भएको र जनवरी ८ र ९ मा चरम बिन्दुमा पुगेको प्रदर्शनका लागि संयुक्त राज्य अमेरिका र इजरायललाई दोषी ठहर गर्दै दुई देशले ‘आतङ्कवादी अभियान’ लाई बढावा दिएको आरोप लगाएको छ ।
शान्तिपूर्ण प्रदर्शन भनिएको आन्दोलन पछि हिंसात्मक हुँदा हजारौँ इरानीको ज्यान लिएको थियो । आन्दोलनका क्रममा भएको हताहत सङ्ख्या स्वतन्त्ररूपमा पुष्टि नभएको तर विभिन्न अधिकार समूहले आन्दोलनका क्रममा करिब पाँच हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका दावी गरेका छन् । सरकारले यो सङ्ख्या यो भन्दा थोरै (करिब तीन हजारको हाराहारीमा) भएको दावी गरेको छ भने अमेरिकामा रही इरानी मानवअधिकार गतिविधिको अनुगमन गर्ने संस्था एचआरएएनएले ११८ बालबालिकासहित छ हजार ४७९ जनाले आन्दोलनका क्रममा ज्यान गुमाएको बताएको छ।

















सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
नेपालगञ्जमा ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव सुरु
76th Democracy Day celebrated in Portugal
6,622 students of Pokhara University being graduated today
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया