मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता

संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि नौ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ ।
अमेरिकाले साउदी अरबलाई ७३० वटा पैट्रियट मिसाइल र सम्बन्धित उपकरणहरू दिइने छन्, जसले क्षेत्रीय हवाई र मिसाइल रक्षा क्षमता बढाउनेछ । इजरायलले बख्तरबन्द ,३० वटा ‘एपाच’ हेलिकप्टर र तीन हजार २५० हल्का ट्याक्टिकल वाहनहरू खरिद गर्ने छन् ।
एपाच हेलिकप्टर र उपकरणको लागत तीन अर्ब ८० करोड अमेरिकी डलर र हल्का ट्याक्टिकल वाहनको लागत एक अर्ब ९८ करोड अमेरिकी डलर रहेको छ । अमेरिकी प्रशासनले यी बिक्रीले क्षेत्रीय सैन्य सन्तुलनमा प्रतिकूल असर नपर्ने र दुबै देशलाई आफ्नो सीमा र जनसङ्ख्या केन्द्रको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने भनेका छन् ।
यद्यपि केही अमेरिकी नेताहरूले यस सम्झौता अघि बढाइएको आरोप लगाएका छन् । यो निर्णय मध्यपूर्वमा बढ्दो तनाव र सम्भावित सैन्य गतिविधिसँग सम्बन्धित रूपमा आएको हो ।















स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया