मंगलबार, माघ २०, २०८२

इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ

मेरोन्यूज २०८२ माघ २० गते १७:५८

इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मङ्गलबार रिपोर्ट गरेका छन् ।

इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको छ ।

यद्देपी पक्राउ परेका व्यक्तिहरूको राष्ट्रिय पहिचान खुलाईएको थिएन भने प्रदर्शनकारीहरूसँग सम्बन्धित मुद्दाहरूको समीक्षाको क्रममा, पक्राउ परेका मध्ये १३९ जना विदेशी नागरिक भएको निष्कर्ष निकालिएको प्रहरी प्रमुख अहमद नेगाहबानले बताउनु भएको छ ।

तेहरानले प्रदर्शनको क्रममा तीन हजार भन्दा बढीको मृत्यु भएको स्वीकार गरेको छ, भने हिंसाको श्रेय “आतङ्कवादी कार्यहरू लाई दिँदै अधिकांश पिडितहरुमा सुरक्षा बलका सदस्य र निर्दोष दर्शकहरू रहेको बताएको छ ।

अमेरिकामा आधारित गैरसरकारी संस्था, द ह्युमन राइट्स एक्टिभिष्ट न्यूज एजेन्सीले छ हजार ८५४ जनाको मृत्यु भएको पुष्टि गरेको छ, जसमा अधिकांश प्रदर्शनकारीहरू सुरक्षा बलद्वारा मारिएका छन् । यसै विच अन्य अधिकार समूहहरूले मृत्यु हुनेको सङ्ख्या अझ धेरै हुन सक्ने चेतावनी दिएको छ ।

इरानी अधिकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले भड्काएको हत्या र तोडफोड सहितको प्रदर्शन अघिका र्यालीहरू शान्तिपूर्ण प्रदर्शनको रूपमा सुरु भएको बताएका छन् ।

प्रतिक्रिया