सर्लाहीमा कार दुर्घटना : एक युवकको मृत्यु, ३ जना घाइते
मेरोन्यूज
२०८२ माघ २१ गते ९:२२

रहथवा (सर्लाही) । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटबल उपमहानगरपालिका-१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो ।
काँकरभिट्टाबाट बुटवलतर्फ गइरहेको कारका चालक बुटबल उपमहानगरपालिका-१ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षका वृजकिशोर बर्मा र ५२ वर्षका सञ्जय जैसवाल घाइते भएका छन् ।
घाइते सबैको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार उपचार भइरहेको छ । घाइतेमध्ये जैसवालको अवस्था गम्भीर छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
स्वास्थ्य बिमा समस्याकाे समाधान गर्दै प्रधानमन्त्री
भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने : प्रधानमन्त्री कार्की
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया