बुधबार, माघ २१, २०८२

प्रधानमन्त्री कार्की र श्रीलंकाकी नवनियुक्त राजदूत डेल्पिटियाबीच शिष्टाचार भेट

मेरोन्यूज २०८२ माघ २१ गते १७:५२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेकी छिन् ।

सोही अवसरमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयहरूमा विचार आदान प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा प्रधानमन्त्रीले नवनियुक्त राजदूतलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी हुन् ।

प्रतिक्रिया