कतारी लगानी आकर्षणका विषयमा राष्ट्र बैंकका गभर्नरसँग छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डल र गभर्नर पौडेलसँगको भेटवार्तामा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली तथा लगानी सम्भावनाका विषयमा छलफल भएको थियो।
उक्त अवसरमा नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको सहभागिता रहेको थियो।
सो अवसरमा कतारी प्रतिनिधि मण्डलले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बताए।
छलफलका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलले नेपालमा वैदेशिक लगानीका लागि उपलब्ध नीतिगत व्यवस्थाबारे जानकारी गराउदै नेपालले वैदेशिक लगानीलाई प्राथमिकतामा राख्दै नीतिगत सुधारलाई निरन्तर अघि बढाइरहेको जानकारी दिए ।
कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलिले कतारी निजि क्षेत्रको नेपालमा लगानी प्रती चासो रहेको उल्लेख गर्दै बैंकिङ, पर्यटन सूचना प्रविधि, जनशक्ति विकासका विविध क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताए ।
उनले लगानीको लागि स्पष्ट रोड्म्याप भए नेपालमा कतारी लगानी भित्र्याउन सकिने धारणा राखे ।
महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा वैदेशिक लगानी सहजीकरणका लागि महासङ्घ सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै कतारी लगानी नेपाल भित्र्याउन सकिने ठोस सम्भावना रहेको धारणा राखे । उनले निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद र संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउन महासंघ प्रतिबद्ध रहेको बताए ।
















कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया