तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त
मेरोन्यूज
२०८२ माघ २७ गते १९:१०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा भएको दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै रास्वपाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज विज्ञप्ति जारी गर्दै दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया