वीरगञ्ज सुक्खाबन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ महिनामा ५७२ रेल्वे र्याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’को समस्याको कारणले चालु आवमा रेल्वे र्याक आउने क्रममा केही गिरावट आएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा तुलनात्मक रुपमा १६ वटा कम रेल्वे र्याकमार्फत वस्तु तथा सामान भित्रिएका छन् ।
गत आवको छ महिनामा ५८८ रेल्वे र्याकमार्फत वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्जको सुक्खाबन्दरगाहमा भारतको कोलकत्ता र हल्दिया पोर्ट र विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसमान ल्याउने गरिन्छ । एक पटकमा रेल्वे र्याकमार्फत ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ भने २० फुट क्षमताको भने ९० वटा कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ ।
नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख ज्ञवालीले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रेल्वेर्याकमार्फत हुने आयातमा १६ वटा रेल्वेर्याकमार्फत कमी आएको बताए । चालु आवको साउनमा ९४ र्याक, भदौमा ९० र्याक, असोजमा १०१ र्याक, कात्तिकमा ९१ र्याक, मङ्सिरमा ९२ र्याक र पुस महिनामा १०४ रेल्वे र्याकमार्फत वस्तु तथा सामान ल्याइएको थियो ।
गत आवको साउनमा ९९ रेल्वे र्याक, भदौमा १०२ वटा, असोजमा ११० वटा, कात्तिकमा ७९ वटा, मङ्सिरमा ९० र पुसमा १०८ रेल्वे र्याकमार्फत वस्तु तथा सामान भित्राइएको थियो । सुक्खाबन्दरगाहमा विशेष गरी स्पन्ज आइरन, रासायनिक मलखाद, जिप्सन तथा फलाम, कोइलालगायतका आयात गर्ने गरिन्छ ।
वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापन गर्ने प्रिष्टिन भ्यालीका ‘अपरेसन इञ्चार्ज’ अभिषेक मिश्रले भारतीय रेल्वे प्रणालीमा विगत दुई महिनाअघि देखिएको समस्या अहिले विस्तारै कम हुँदै गइरहेको बताए ।
‘केही महिनाअघिसम्म भारतको विहार राज्यमा निर्वाचन र चाडपर्वको कारणले पनि रेलसेवा केही प्रभावित भएको थियो’ उनले भने, ‘अहिले रेलसेवा केही सहज भइरहेको छ ।’ उनले कोलकोत्ताबाट मालबाहक सामान बोकेको रेल्वे र्याक वीरगञ्जसम्म आइपुग्न करिब आठ दिन लाग्ने र विशाखापटनमबाट भने करिब १० दिन लाग्ने दाबी गरे।
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया