प्रहरी हवल्दार मृत्यु प्रकरणमा थप एक जना पक्राउ
मेरोन्यूज
२०८२ माघ २८ गते १७:१४

खलङ्गा (दार्चुला) । सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्याका आरोपित थप एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार राजेन्द्र डडाललाई मङ्गलबार साँझ नौगाडबाट पक्राउ गरिएको हो ।
घटनालगत्तै फरार रहेका डडाल भाग्ने क्रममा पक्राउ गरिएको उनले बताए । आरोपितमध्ये तीन जना अझै फरार रहेका छन् । घटनामा फरार रहेका अन्य तीन जनाको खोजी भइरहेको छ । प्रहरीले यसअघि यो घटनामा २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, लक्ष्मी बडू र मनिस पाल भने अझै फरार छन् । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया