लालीगुराँस र सत्य साइलाई उपाधि

काठमाडौं। साबिक विजेता लालीगुराँस नेसनल एकेडेमी र श्री सत्य साइले दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा सत्य साइ सिनियर गल्र्समा च्याम्पियन बने ।
बूढानीलकण्ठको च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा भएको जुनियर ब्वाइजको फाइनलमा लालीगुराँसले जेबीलई २२–१७ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । लालीगुराँसका लक्ष्मण बुढाले १३ स्कोर गरे । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) तेश्रो भयो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा सत्य साइले गत उपविजेता फेरिल्यान्डलाई १९–१५ ले हरायो । सत्य साइकी आकृति यादवले ८ अंक जोडिन् । भ्याली पब्लिक तेश्रो बन्यो ।
जुनियर ब्वाइजमा लक्ष्मण र सिनियर गल्र्समा आकृति ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा बीएनएका सुप्रिम बस्नेत र गल्र्समा भ्याली पब्लिककी आकृति बम उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा जेबीका गौरव ओली र सिनियर गल्र्समा फेरिल्यान्डकी रेनुका तामाङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
जुनियर ब्वाइजमा स्कोलर्स होम र नेचर तथा सिनियर गल्र्समा त्रिवेणी सदन अनुशासित टिम ठहरिए । जुनियर ब्वाइजमा बीएमसीए तथा सिनियर गल्र्समा बेलमोन्ट उदीयमान टिम घोषित भए ।
विजेतालाई आयोजक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला घलान, जेबीकी निर्देशक सुजु थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, जेबीका प्रिन्सिपल नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी थिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया