खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंककाे आग्रह

काठमाडाैं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।
खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐनबमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले यस्तो आग्रह गर्नुपरेको बैंकले जनाएको छ।
ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा रहेको “प्यान अपडेट” अप्सनमा ट्याप गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन्। साथै, आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको जनाइएको छ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउन प्यान अत्यावश्यक छ।
उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ। जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ।
ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकले जनाएको छ।
साथै, यस बैंक ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना समेत अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ्ग एपमा रहेको माई प्रोफाइलमा ट्याप गरी चेन्ज इमेल अप्सन छनौट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन्।
ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ।
साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन हुन अनुरोध गरिएको छ।















अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया