जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले

दमौली (तनहुँ)। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भानु नगरपालिका–५ नागनगिनीमा आज आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उनले आफू जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको बताए ।
उपनिर्वाचनबाट विजयी भएपश्चात् जनताको नजिक रहेर काम गरिरहेको बताउँदै वाग्लेले सङ्घीय सांसदको काम ऐन, नियम बनाउनुपर्ने भएकाले काठमाडौँ बसाइँलाई अन्य दृष्टिकोणले नहेर्न आग्रह गरे ।
“सङ्घ, प्रदेश र स्थानीय तहमा हाम्रो सरकार थिएन, त्यसैले केही गर्न सकेनौँ । सङ्घीय सांसदको मुख्य काम ऐननियम बनाउनु हो । कामका लागि राजधानी बसे पनि जनहित मेरो पहिलो प्राथमिकता हो”, डा वाग्लेले भने । उनले आगामी निर्वाचन र पार्टीको कार्यक्रमअनुसार जनताको आकाङ्क्षा पूरा गर्न प्रयास गर्ने प्रतिबद्धता गरे ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया