देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्ने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बाधेन गर्दै उनले कांग्रेस बदलिएर आएकाले अब देश बदल्ने जनताको सपना कांग्रेसले नै साकार पार्ने बताए ।
‘हामी बदलिँदै गर्दा जनताको सपना बदल्छौँ’, उपसभापति शर्माले भने, ‘जेनजीको ‘मुभमेन्ट’ पछि साँच्चिकै बदलिएको पार्टी नै नेपाली कांग्रेस हो, हामीले देश बदल्ने तागत राख्छौँ ।’
कांग्रेसले यस पटकको निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये १०६ जना उम्मेदवारहरू नयाँ उठाएको उनले बताए । यस पटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको नेता शर्माको दाबी छ ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद नेपाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाललगायतले आफ्ना धारणा राखेका थिए ।
















आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया