शुक्रबार, वैशाख २५, २०८३

टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

मेरोन्यूज २०८२ फागुन २ गते १८:२७

 पाल्पा । पाल्पामा टिप्पर र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र अर्को नाम नखुलेका महिला रहेको प्रहरीले जनाएको छ ।

Advertisement
NiccNicc

सिद्धार्थ लोकमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ दोभानमा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु २ ख १८८३ नम्बरको टिप्पर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक(डीएसपी) होमप्रकाश चौधरीका अनुसार दुर्घटनापछि घाइते भएका दुवै जनालाई प्रहरीले उद्धार गरेर उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो ।

अस्पतालमा पुग्दा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको डीएसपी चौधरीले बताए । टिप्पर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया