युक्रेनमा रुसले आक्रमण बढायाे

युक्रेनको उत्तर–पूर्वतर्फ पर्ने जापोरिझ्झिया क्षेत्रमा पछिल्लो २४ घण्टाकाे अवधिमा रुसद्वारा ४१ बस्तीमा ६५५ वटा आक्रमण गरिएको युक्रेनका क्षेत्रीय सैन्य प्रमुख इभान फेदोरोभले जानकारी दिएका छन् । रुसकाे आक्रमणमा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
यी घातक आक्रमणहरू जर्मनीको म्युनिखमा आयोजित उच्चस्तरीय सम्मेलनको समयमा भएका हुन्, जहाँ अमेरिका र युरोपेली नेता, कूटनीतिज्ञ तथा रक्षा अधिकारीहरू युक्रेन युद्ध अन्त्यका उपायबारे छलफल गरिरहेका छन् ।
जर्मन सरकारी स्रोतका अनुसार चान्सलर फ्रिडरिख मर्ज र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच युक्रेनको अवस्था, रुससँगको वार्ताको स्थिति तथा विशेषगरी सैन्य सहयोगका विषयमा छलफल भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि म्युनिखमा विभिन्न सहयोगी राष्ट्रका नेताहरूसँग भेटघाटमा संलग्न छन् र शनिबार सम्मेलनलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा कुनै पनि रुसी अधिकारीलाई आमन्त्रण गरिएको छैन ।
यस्तै रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा गरेको रातभरको ड्रोन आक्रमणमा एक आवासीय भवनमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
ओडेसा क्षेत्रका गभर्नर ओलेह किपरले शनिबार बिहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिए । उनका अनुसार उद्धारकर्मीहरूले आगो चाँडै नियन्त्रणमा लिएका थिए, तर दुर्भाग्यवश आक्रमणमा एक महिलाले ज्यान गुमाइन ।
उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै ड्रोन विस्फोटका कारण आसपासका भवनका झ्यालहरू समेत फुटेको बताए ।















सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया