शिवालयमा दर्शनार्थीको घुइँचो

भक्तपुर, ३ फागुन : महाशिवरात्रि पर्वका अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरेर पूजा एवं दर्शनको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ः०० बजेदेखि मन्दिरको चारै ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको बताउँदै उहाँले सहजताका लागि स्वयंसेवक परिचलन, सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्था र स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । महाशिवरात्रिको मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबामध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा, कम्बल र धोती दिएर बिदाइ गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । मन्दिरभित्र प्रवेश गरेर गर्भगृहमै पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएकाले पनि आजका दिन एक लाख दर्शनार्थीले मन्दिरको पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएका जानकारी दिनुभयो ।
उहाँले लाइन बसेको आधा घण्टामा पूजा गर्नेगरी व्यवस्थापन गरिएको र स्वयंसेवक परिचालन गरिएको बताउनुभयो । शिवरात्रीका लागि यस वर्ष भारतलगायत नेपालका विभिन्न ठाउँबाट करिब ४०० जना साधुसन्त एवं बाबाहरू आएको जानकारी दिँदै समितिका अध्यक्ष धर्मराज बस्नेतले डोलेश्वरमा उनीहरूलाई खाने, बस्ने र महाशिवरात्रिका दिन आउने दर्शनार्थीलाई प्रसाद ग्रहणको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी, महाशिवरात्रिका अवसरमा आज सिपाडोलकै प्रसिद्ध आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
त्यस्तै, सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
त्यसैगरी, चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित श्रीकृष्ण वर्तेश्वर महादेव मन्दिर, नगरकोटको रत्नचुडेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि भीड लागेको र ती मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया