मुगुमा यस्तो छ चुनावी चहलपहल

मुगु। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबीच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ ।
यस क्षेत्रबाट निर्वाचनमा नेपाली कांग्रेसबाट खडगबहादुर शाही, नेकपा (एमाले)बाट पूर्णहादुर रोकाया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमाटा, नेकपा (माओबादी)का रङ्गवीर परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल र प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन मल्ल प्रतिस्पर्धामा छन् ।
विसं २०७४ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा पराजित कांग्रेसका शाही अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा छन् । एमालेका रोकाया निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख पनि छन् । नेपाली कम्युनिष्ट पार्टीका शाही भने २०५६ सालको संंसदीय निर्वाचनमा विजयी भएका थिए । उनी विसं २०७४ को प्रदेशसभा सदस्यमा निर्वाचित भएर कर्णाली प्रदेश सरकारमा कृषि तथा सहकारीमन्त्रीसमेत भएका छन् ।
विसं २०७९ मा भएको निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो हुँदा कांग्रेस दोस्रो भएको थियो । साथै तेस्रोमा माआवादी केन्द्र र चौथोमा नेकपा (एकीकृत समाजवादी) पार्टी भएका थिए । तत्कालीन समयमा एमालेले आठ हजार ६४३, नेपाली कांग्रेसले आठ हजार ४४०, माओवादी केन्द्रले चार हजार ६५० र एकीकृत समाजवादिले दुई हजार ६१२ मत प्राप्त गरेका थिए । अहिले माओवादी केन्द्र र एकीकृत समाजबादी पार्टीबीच एकता भएर नेकपा भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटा आफूलाई नयाँ अनुहारका रुपमा प्रस्तुत गरेका छन् भने अन्य पार्टीका नेताले पनि आफूहरुको जित सुनिश्चित भएको दाबी गर्दै मत मागिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा ३६ हजार ३१ जना मतदाता छन् । चारवटा स्थानीय तह रहेको मुगुमा ६७ मतदानस्थल र ७९ मतदान केन्द्र तोकिएका छन् । विसं २०७९ को निर्वाचनमा यहाँ ७४ प्रतिशतले मतदान गरेका थिए । विसं २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फको नेकपा (माओवादी केन्द्र), एकीकत समाजवादी र नेपाली कांग्रेसले गठबन्धन गर्दा कांंग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवार राजबहादुर कार्कीले १० हजार ७१० मत ल्याएका थिए ।

















Election activities sped up in Mugu
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
इजरायली कब्जाद्वारा वेस्ट ब्याङ्कबाट २० जना प्यालेस्टिनी पक्राउ
Foreign Minister Sharma leaving for Dhaka today
Nepal hands over donation amount to Myanmar
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया