नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै

काठमाडाैं । नबिल बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न आकर्षक सेवा, सुविधाहरु प्रदान गर्दै आएको छ ।
वार्षिकाेत्सव तथा विशेष अवसरहरूमा बैँकले ग्राहकका लागि नवीन योजना सार्वजनिक गर्दै आएको छ । याे वर्ष पनि ४१औँ वार्षिकोत्सवको अवसरमा नबिलले महिलाहरुलाई लक्षित गर्दै ‘स्मार्ट नारी घर कर्जा’ योजना ल्याएकाे थियाे ।
महिला आवेदकले घर खरिद, घर निर्माण, मर्मतसम्भार वा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको आवास कर्जा सार्नका लागि सजिलो, सहज र आकर्षक सर्तमा कर्जा प्राप्त गर्न सक्नेगरी याे याेजना ल्याइएकाे थियाे ।
महिलाहरूलाई घरजग्गा स्वामित्वमा पहुँच बढाउन र उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने हेतुले ल्याइएकाे उक्त याेजनामा ग्राहककाे आकर्षण बढ्दै गएकाे छ ।
आफ्नो सुविधा अनुसार ग्राहकले किस्ता रकम तय गर्न मिल्ने भएकाले याे याेजना अरु कर्जा याेजनाभन्दा आकर्षक भएकाे बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख लक्ष्मी ढकाल बताउँछिन् ।
‘अहिले राम्रो आम्दानी भएतापनि भविष्यमा त्यो नहुन सक्ने भएमा त्यस्तो अवस्थामा आफुले चाहे अनुसार किस्ता घटबढ गर्न सकिन्छ,’ ढकालले भनिन्, ‘यही फिचरका कारण याे याेजना अरुभन्दा भिन्न छ ।’
याे कर्जा सुविधाका लागि अनलाइनबाटै आवेदन दिन सकिने उनले बताइन् ।
बैंकका अनुसार न्यूनतम ७ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ भने पहिलो पटक घर किन्ने महिलालाई ७० प्रतिशतसम्म वित्तीय सुविधा दिइने व्यवस्था छ। कर्जा अवधिअन्तर्गत अधिकतम ३५ वर्ष सम्मको लचकदार भुक्तानी समय प्रदान हुने बैंकले जनाएको छ। कर्जाको आधार दरमा १.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा पाइनेछ।
यस योजनाअन्तर्गत ग्राहकले जीवनभर निःशुल्क क्रेडिट कार्ड लिइ दुई लाख रुपैयाँसम्मको सुविधा लिन पाइन्छ ।
किन आकर्षक छ यो योजना?
-महिलाको आर्थिक सशक्तीकरणमा टेवा
-महिलाको नाममा सम्पत्ति दर्ता गर्न प्रोत्साहन
-लामो अवधिको कर्जाले मासिक किस्तामा सहजता
-प्रतिस्पर्धी ब्याजदर
-लचकदार भुक्तानी व्यवस्था
-सरल प्रक्रिया र न्यून कागजी झन्झट
सन १९८४ मा स्थापना भएको नबिल बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको प्रयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।

















पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
हेटौँडामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
प्रतिक्रिया