राष्ट्रिय सहमति गरेरमात्र निर्वाचनमा जानु उपयुक्त हुन्थ्याे : पूर्वराजा ज्ञानेन्द्र

काठामडाैं। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान संकट र जटिलताको समाधान नगरी निर्वाचनमा होमिनु अनुपयुक्त हुने धारणा राखेका छन्।
७६औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
प्रजातान्त्रिक प्रणालीमा आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि वर्तमान समयमा आम जनभावना फरक रहेको उनको दाबी छ।
उनले भनेका छन्, ‘यतिखेरको आम जनभावना छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुनेछ।’
उनले सुनाए, ‘निर्वाचन पछि पनि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर लाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा त्यसले सही बाटो समात्ने थियो।,’
मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै उनले राजनीतिक दलहरूलाई सत्ताको भागबण्डा भन्दा माथि उठ्न आग्रह गरे।
‘आलोपालो भाग लगाएर खाउँ भन्ने सोचले होइन, मिलेर काम गरौँ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सक्छ,’ शाहले भनेका छन्।
नेपालीले नेपालीलाई नै वैरी ठान्ने संस्कृतिको अन्त्य गरी राष्ट्रिय एकता र मेलमिलापको बाटो रोज्नुगर्ने उनले उनको धारणा छ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया