माध्यमिकी परिक्रमालाई जलेश्वरमा भव्य स्वागत

जलेश्वर (महोत्तरी)। मिथिलाको महाकुम्भ मानिएको १५ दिने माध्यमिकी परिक्रमालाई आज महोत्तरीको सदरमुकाम जलेश्वरमा भव्य स्वागत गरिएको छ ।
सोमबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरी जीको डोलासाथ धार्मिक विधिअनुसार जानकी मन्दिरहुँदै धार्मिक झाँकी भजनकीर्तनसहित सुरु भएको परिक्रमा मङ्गलबार सीमावर्ती भारतीयगाउँ कलानेश्वरमा बुधबार भारतकै गीरिजास्थान (फुल्हर), तेस्रो दिनको विश्राम बिहीबार महोत्तरीको मटिहानीमा र आज शुक्रबार चौथो पराक्रमका लागि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्दा परिक्रमालाई भव्य स्वागत गरिएको छ ।
बाजा, गाजा, साधु, नागा, नाचगानकासाथ भगवान राम र माता जानकीको डोलालिएर लाखौँको सङ्ख्यामा महोत्तरीको जलेश्वर प्रवेश गरेका परिक्रमालाई स्वागत गर्दै जलेश्वरवासी तथा महोत्तरी प्रशासनले विशेष पूजापाठ गरी नगर प्रवेश गराएका छन् । जलेश्वरवासीले ठाउँ ठाउँमा परिक्रमा यात्रीका लागि निःशुल्क भोजन, पानी, दाउरा, बिजुलीको व्यवस्था मिलाएको छ ।
परिक्रमाका सहभागीहरु आज महोत्तरी सदरमुकाम जलेश्वरमा चौथो पराव, मडैमा पाँचाँै, धु्रवकुण्डमा छैठौ, र कञ्चनवनमा सातौँ दिनको बास बसेर आठाँै दिनको पराव पुनःधुनषा जिल्लाको पर्वतामा बस्नेछन् । त्यसपछि धनुषाधाम, औरही, सतोषर हुँदै पुनःभारतको विशौल र त्यसपछि भारतकै कलानेश्वर र फागुपूर्णिमाको दिन जनकपुर फर्कने छ ।
परिक्रममा सहभागीका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहभागीको सुविधाका लागि पन्ध्रवटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ । नेपाल र भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रममा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् ।
मिथिला महात्मयमायी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ । मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सतामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागी भएका छन् । फागुन शुक्लप्रतिपदाको शुभ साइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागुन पूर्णिमा तिथिपारी समापन गरिने परम्परा छ ।
यस परिक्रममा सहभागी हुनाले मन बचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ । मिथिला महात्मयअनुसार अठारौँं सताब्दीदेखि माध्यमीकि परिक्रम मनाइँदै आएको र यस धर्मयात्राका सहयात्रीले रात्रिभजनकीर्तन गरी १५ दिन बिताउने गर्दछन् । विश्वकै सर्वाधिक लामो समयसम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रु भारतको कलना, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै,ध्रुवकुण्ड, कञ्चनवनहुँदै धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा एक एकरात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन र पूर्णिमाको दिन बिहानै जनकपुरको अन्तगृह परिक्रमा गरी होलिखेली १५ दिवसीययात्रा सम्पन्न गरिन्छ ।
सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फलप्राप्ति हुने विश्वास व्यक्तगर्दै यस धर्म यात्राका यात्रुले नेपालको १०७ तथा भारतको २६ गरी १३३ किलोमिटर भूमिको पैदलयात्रा गर्ने मान्यता छ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निमार्ण गरिएका कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानि यो परिक्रमा यात्रा सुरु गरिएको हो । मिथिलाको महाकुम्भसमेत नामाकरण गरिएको यस परिक्रमा यात्रामा नेपाल भारतका हजारौँ साधुसन्त महन्थ र गृहस्थको सहभागिता रहेको छ ।

















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
प्रतिक्रिया