संविधान संशोधन आवश्यक छः उपेन्द्र यादव

रूपन्देही । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्।
रूपन्देहीको भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान संविधानले मधेशी, जनजाति, दलित तथा उत्पीडित समुदायका मुद्दालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको धारणा राखे। उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि पहिचानका आधारमा प्रदेशको सीमाङ्कन गरिनुपर्ने बताए।
अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए। वर्तमान प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको उनको आरोप थियो।
सो अवसरमा अध्यक्ष यादवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक तथा प्राविधिक पहल तीव्र बनाउन आग्रह गरे। उनले जनता समाजवादी पार्टीले सुरुदेखि नै मधेशको समस्याका बारेमा आवाज उठाउँदै आएको र सबै समस्या बुझेको पार्टी भएको बताए।


















जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया