दाङका ३ निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र

तुलसीपुर (दाङ) । दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ ।
घोराही तुलसीपुर–८ भैसापत्रामा क्षेत्र नं २ जोडिन्छ भने घोराही–५ डाँगीगाउँमा क्षेत्र नं १ जोडिन्छ । त्यस्तै, घोराही–८ निर्वाचन क्षेत्र नं २ मा पर्छ भने घोराही–५ निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलसीपुर उपमहानगरपालिका–१४ निर्वाचन क्षेत्र नं ३ मा पर्छ । यसरी तीन वटा निर्वाचन क्षेत्रलाई जोड्ने र सोही ठाउँ हुँदै दाङको गौरवको योजनाका रूपमा रहेको दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो ।
घोराहीबाट बबई गाउँपालिकाको हापुरसम्म जोड्ने उक्त सडकले जोड्ने दामोदर खण्डमा कालोपत्रका लागि ग्राभेल हालेको पाँच वर्षभन्दा बढी भइसके पनि अहिलेसम्म कालोपत्रसहित स्तरोन्नति हुनसकेको छैन ।
उक्त सडकअन्तर्गत घोराहीको नैनवारसम्म भने कालोपत्र भइरहेको स्थानीय बताउँछन् । यहाँबाट नजिकै पर्ने तुलसीपुर–१४ को जितपुरसहित १८ किलोमिटर क्षेत्रमा कालोपत्र हुन नसकेको स्थानीय नारायण खड्काले बताए । “सोही वडाको बीचमा कालोपत्र नभएर तुलसीपु–११ को उरहरीतर्फबाट काम भएको छ । यसले यहाँका नागरिकलाई आवागमनमा सास्ती हुँदै आएको छ”, उनले भने ।
वरिपरि सबै ठाउँमा कालोपत्र भएको बताउँदै तुलसीपुर उपमहानगरपालिका–१४ जितपुर क्षेत्रमा सडक स्तरोन्नति नहुँदा यहाँका स्थानीयले आफूहरू उपेक्षामा परेको बताउने गरेका खड्काले उल्लेख गरे । दामोदर सडकलाई पश्चिम दाङ जोड्ने वैकल्पिक मार्गका रूपमा पनि लिने गरिएको छ । यो सडक निर्माण भएमा स्थानीय उत्पादन सहजै बजारसम्म लैजान सकिने उनले बताए ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
प्रतिक्रिया