आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ।
शुक्रबार क्यानले तयारी क्याम्पका लागि २० खेलाडी छनोट गरेको हाे । रोहित पौडेलको नेतृत्व छनोट गरिएको प्रारम्भिक टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेका छन्।
त्यस्तै, कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, साहब आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामी छनोट भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आयोजनामा प्रतियोगिता हुन लागेको हो। नेपाल, ओमन र यूएई सम्मिलित हुने प्रतियोगिता फागुन २६ देखि चैत ६ गतेसम्म नेपालमा हुनेछ।
भारतमा जारी टी-२० विश्वकप खेलेर फर्किएको नेपाली टोलीका सदस्य लोकेश बम र सन्दीप जोरा भने प्रारम्भिक टोलीमा परेका छैनन्।
















झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इरानी जहाजकाे मानवीय उद्धारमा श्रीलङ्काको सक्रिय पहल
कैलाली-३ मा नेकपालाई उछिन्दै रास्वपाको अग्रता
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
प्रतिक्रिया