अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?

पाकिस्तानको राजधानी इस्लामावादमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच शनिबार रातिदेखी चलेको वार्ता आईतबार बिहानसम्म जारी छ। वार्ता लगातार १४ घन्टा चलेको अलजजिराले जनाएको छ ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वार्ताका विषयहरूमा विभिन्न पक्षबाट छलफल भएको बताएका छन्।“पछिल्लो २४ घण्टामा मुख्य वार्ताका विषयका विभिन्न आयामहरूमा छलफल भयो, जसमा हर्मुज जलडमरू, परमाणु मुद्दा, युद्ध क्षतिपूर्ति, प्रतिबन्ध हटाउने विषय, तथा इरानविरुद्ध र क्षेत्रीय युद्धको पूर्ण अन्त्य समावेश छन्,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
वार्तासथलमा पहिले इरानी प्रतिनिधिमण्डल पुगेको थियो भने त्यसपछि अमेरिकी टोली पुगेको थियो। पाकिस्तानी पक्षले दुवैसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो। त्यसपछि, लेबनानमा युद्धविराम र होर्मुज जलडमरूमध्यजस्ता विषयमा देखिएका मतभेदका बाबजुद पनि, दुवै पक्ष प्रत्यक्ष वार्तामा सहभागी भएका थिए।
इरानले आफ्ना रोक्का गरिएका सम्पत्तिहरू फुकुवा गर्नुपर्ने मागलाई निरन्तर रूपमा उठाउँदै आएको छ । वार्ता कक्षबाट धेरै जानकारी बाहिर नआए पनि, विभिन्न स्रोतहरूबाट प्राप्त साना–साना सूचनाहरूले उतारचढावका बीच पनि समग्र वातावरण सकारात्मक रहेको संकेत गरेका अलजजिराले जनाएको छ।
यस वार्ताको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। उपराष्ट्रपति भान्ससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र ज्यारेड कुश्नर सहभागी छन्।इरानी टोलीको नेतृत्व इरानी विदेशमन्त्री अब्बास अराक्ची र संसदका सभामुख मोहम्मद बागेर गालिबाफले गरिरहेका छन्।
हर्मुजको जलडमरूको आवागमन , लेबनानमा युद्धविराम, आणविक मुद्दालगायतका जटील विषयमा दुई देशका आ(आफ्ना कडा अडान रहेका छन् । जसले वार्ता निकै जटील रहेको देखाउँछ ।















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया