इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण

इजरायलले आक्रमण गरेपछि इरानले खाडी मुलुकहरूमा प्रतिआक्रमणलाई तीब्रता दिएको छ । इरानले शनिबार इजरायली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेकोमा इराकऽ कतार, कुवेत, युएई र बहराइनमा अमेरीकी बेसमा थप आक्रमण गरेको इरानको फार्स समाचार एजेन्सीले जनाएको छ ।
समाचार एजेन्सीको हवाला दिँदै अलजजिराले कतारको अल–उदेइद एयर बेस, कुवेतको अल–सलेम एयर बेस, युएईको अल–धफ्रा एयर बेस र बहराइनमा पाँचौं अमेरिकी बेसमा इरानले आक्रमण गरेको समाचार प्रकशित गरेको छ ।
अल जजिराका अनुसार इरानले आक्रमण गरेपछि कतार, कुवेत र युएईले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । शनिबार इजरायलले इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेको थियो ।
इजरायली रक्षा बल (आइडिएफ) ले प्रहार पुष्टि गर्दै आफ्नो मिसाइल रक्षा प्रणाली सक्रिय गरेको र प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल आश्रय लिन मोबाइल अलर्टमार्फत निर्देशित गरिएको बताएको छ ।
आइडिएफले भनेको छ, “केही समयअघि हामीले इरानबाट प्रहार भएका क्षेप्यास्त्रहरू पहिचान गरेका थियौँ । जोखिम रोक्न रक्षात्मक प्रणाली सञ्चालनमा छन् ।”
यो घटना क्षेत्रमा बढ्दो सैन्य तनाव र इरान र अन्य देशबीच हप्तौँसम्म चलिरहेको उच्च–जोखिम आणविक वार्ताको बीचमा भएको हो ।
















एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया