इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन्। यो इरानका जनताका लागि मात्र नभई विश्वभरका ती देशका जनताका लागि पनि न्याय हो, जसलाई खामेनी र उनको रक्तपिपासु गिरोहले मारेका थिए।’
इजरायलले शनिबार राजधानी तेहरानसहित इरानका धेरैवटा सहरमा हवाई हमला गरेको थियो। जसमा अमेरिकाको पनि संलग्नता रहेको ट्रम्पले बताएका थिए।राष्ट्रपति ट्रम्पले एबीसी न्युजसँगको टेलिफोन अन्तर्वार्तामा अमेरिकी आक्रमणले ‘पहिले नै ठूलो क्षति पुर्याइसकेको’ र इरानको नेतृत्व तहका ‘धेरै व्यक्ति हटिसकेको’ बताएका थिए ।
‘हामीलाई सबैबारे थाहा छैन, तर धेरैजसो हटिसकेका छन्,’ ट्रम्पले भनेका थिए । उनले अमेरिकासँग इरानका आगामी नेतृत्वको सूचीमा को–को हुन सक्छन् भन्नेबारे पनि ‘धेरै राम्रो जानकारी’ रहेको पनि बताएका छन् ।
यसैगरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि अमेरिकी र इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता अली खामेनी ‘अब छैनन् भन्ने संकेतहरू बढ्दै गइरहेको’ बताएका थिए।
यसअघि सार्वजनिक गरिएका स्याटेलाइट तस्बिरहरूले तेहरानस्थित खामेनी निवास परिसरमा क्षति पुगेको देखाएका थिए।
धेरै दिनदेखि देखिएका थिएनन् खामेनी
८६ वर्षीय खामेनी इरानका सेनापति (कमान्डर इन चिफ) हुन्। सबै राजनीतिक र धार्मिक मामिलामा अन्तिम निर्णय खामेनीले गर्छन्। इस्लामिक गणतन्त्रको सुरक्षा गर्ने इरानको अर्धसैनिक क्रान्तिकारी गार्डले उनलाई सिधै जवाफ दिन्छ।
१९८९ मा इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको मृत्युपछि खामेनी इरानको सर्वोच्च नेता बनेका थिए। खामेनीले १९७९ को क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेका थिए, जसले शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गर्यो।
शनिबार इजरायल-अमेरिकाले गरेको हवाई आक्रमणमध्ये एउटा खामेनीको कार्यालयनजिकै भएको थियो। यद्यपि त्यतिबेला खामेनी कहाँ थिए भन्ने कुरा स्पष्ट थिएन, तर उनी धेरै दिनदेखि देखिएका थिएनन्।
















RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया