जुम्लामा ९२५ जना अस्थायी मतदाता

जुम्ला। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला जुम्लामा ९२५ जना अस्थायी मतदाताको सङ्ख्या रहेको छ ।
जिल्ला अस्थायी मतदाताका यहाँका दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिए ।
जिल्लामा रहेका सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दी, सुरक्षा निकायलगायत ९२५ जनाले अस्थायी मतदाताअन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फको मतदान गर्न पाउने निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।
निर्वाचनको लागि मतदान केन्द्रमा खटिएका कर्मचारीले आफू खटिएको ठाउँमा नै मतदान गर्न पाउने व्यवस्था गरेको छ । अन्यको मतदाताको हकमा भने सदरमुकाम खलङ्गा बजारमा रहेको खाद्य तथा व्यापार कम्पनीको शाखा कार्यालय जुम्लाको प्राङ्गणमा र जिल्ला कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय जुम्ला निर्वाचन अधिकारी कँडेलले बताए ।
निर्वाचनका लागि जिल्लामा कूल मतदाता सङ्ख्या पुरुष र महिला गरी जम्मा ७१ हजार ७३९ जना रहेका छन् । छ सय ५४ जना कर्मचारी निर्वाचनका लागि परिचालन भएका छन् ।
जिल्लाभर ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लाको एकमात्र निर्वाचन क्षेत्र रहेकामा नौ वटा राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार गरी १० जना उम्मेदवारले निर्वाचनमा माग लिएका छन् ।
मदिरा बिक्रीवितरणमा रोक
जुम्लामा जिल्ला प्रशासन कार्यालयले यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अवधिभर यहाँका आठवटै स्थानीय तहमा पूर्ण रूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण वातारण, स्वच्छ, निष्पक्ष र मर्यादित तरिकाले सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्रीवितरणका साथै सेवनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।
प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम मतपरिमाण घोषणा नभएसम्म जिल्लाभर सबै प्रकारका मादक पदार्थहरू बिक्रीवितरण र सेवन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
प्रशासनको उक्त कार्यलाई अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

















प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए
लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते
मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न कूटनीतिक उपाय अपनाउन चीनको आह्वान
सबै मतदातालाई निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान
ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया