सोमबार, वैशाख ७, २०८३

प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए

मेरोन्यूज २०८२ फागुन १८ गते १६:५७

गलकोट । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

जनार्दन शर्माका सारथीका रुपमा रहेका शर्माले चुनावको मुखमा पार्टी छोडेर पुरानै दलमा फर्केका हुन् । बागलुङका शर्माले नेकपाका नेताहरू दीनानाथ शर्मा र हितमान शाक्यले नेकपामा स्वागत गरेका थिए ।

तत्कालीन माओवादीबाट विद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपामा लागेका शर्मा आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष त्यागेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् ।

बाबुराम भट्टराई र जनार्दन शर्माले मार्क्सवादी सिद्धान्त छोडेर समाजवादी आर्थिक कार्यक्रमसमेत नबनाएको आरोप लगाउने शर्मा पुरानै घरमा फर्केको प्रतिक्रिया दिए ।

प्रलोपाले मार्क्सवादी सिद्धान्त र समाजवादी अर्थनीति परित्याग गरेकोले नेकपामै पुनः प्रवेश गरेको उनको भनाइ छ । बागलुङका शर्मा भारतमा तत्कालीन नेकपा माओवादीको एकता समाजदेखि सङ्गठन गरेका अनुभव रहेका नेता हुन् ।

यस्तै, निसीखोला–१ लेवाङका नेकपा (एमाले)का गण्डकी प्रदेश सदस्य अमरसिंह घर्तीले नेकपामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया