लेबनानका बासिन्दालाई तत्काल सुरक्षित ठाँउमा जान इजरायली सेनाकाे आदेश

इजरायली सेनाले लेबनानका दर्जनौं स्थानहरूमा मङ्गलबार नयाँ निकासी आदेश जारी गरेको छ ।
इजरायली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानको ५० वटा स्थानका बासिन्दाहरूलाई, आफ्नो सुरक्षाका लागि तुरुन्तै सुरक्षित ठाँउमा जान आग्रह गर्दै आदेश जारी गरेको सेनाका प्रवक्ता अविचाय अद्राईले बताएका छन् ।
निकासी आदेश जारी हुने अधिकाशं स्थान लेबनानका दक्षिणी भेगका रहेको र इजरायलले निरन्तर हेजबुल्लाहको पूर्वाधारमा प्रहार गर्ने उद्देश्यले यस क्षेत्रलाई लक्षित गर्ने गरेको जनाइएको छ ।
यस अघि लेबनान सरकारले सोमबार हेजबुल्लाहको सैन्य र सुरक्षा गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।
आक्रमणमा सर्वोच्च इरानी नेता अली खमेनीको हत्या भएकोे बदलामा सोमबार इजरायलमा प्रहार गरे पछि निकासी आदेश जारी गरेको जनाइएको छ ।
इजरायलले सोमबार बेरुतको दक्षिणी उपनगरहरू र दक्षिण लेबनानका दर्जनौं गाउँहरूमा बम प्रहार गरेको छ भने बदलामा भयानक आक्रमणको सामना गर्नु पर्ने चेतावनी दिएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु हुनुका साथै कम्तीमा १४९ जना घाइते भएको जनाएको छ ।
















पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया