इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक

अमेरिकी सेनाले इरानसँगको द्वन्द्वमा मारिएका अमेरिकी सैनिकहरूमध्ये चार जनाको पहिचान सार्वजनिक गरेकाे छ ।
उनिहरु डेस मोइन्स, आयोवाकाे १०३ औं सस्टेनमेन्ट कमाण्डका अमेरिकी सेनाका रिजर्भ सिपाहीहरू रहेकाे खुलाइएकाे छ ।
फ्लोरिडाको विन्टर हेभनका ३५ वर्षीय क्याप्टेन कोडी ए. खोर्क, नेब्रास्काका ४२ वर्षीय सार्जेन्ट नोआ एल. टिएटजेन्स,
मिनेसोटाको ह्वाइट बियर लेकका ३९ वर्षीय सार्जेन्ट निकोल एम. अमोर, आइवाको वेस्ट डेस मोइन्सका २० वर्षीय सार्जेन्ट डेक्लान जे. कोडी रहेका छन् ।
साेमबार कुवेतको सैन्य सुविधामाथि इरानी आक्रमणमा थप दुई जना अमेरिकी सैनिकको मृत्यु भएको थियो, तर उनीहरूको पहिचान खुलाइएकाे छैन।
रक्षा सचिव पिट हेगसेथले सोमबार भने कि इरानले गरेको प्रतिशोधात्मक आक्रमणले हवाई प्रतिरक्षालाई छल्दा कुवेतमा रहेको अमेरिकी बंकरमा प्रहार भएको थियो।
इजरायलसँग मिलेर इरान विरुद्ध आक्रमण सुरु गरेदेखि अमेरिकी सेनाले पुष्टि गरेको यो एक मात्र मृत्यु हो।


















अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया