नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं. ३ काउम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो ।
जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतले जनाएको छ । प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
प्रतिक्रिया